Saturday, May 9, 2009

लापरवाही किन ?

लापरवाही किन ?
हाल नेपालमा प्रमाणपत्र तह द्धितीय वर्ष र स्नातकोत्तर प्रथम वर्षको परिक्षा साचालन भइरहेको कुरा सर्बविदितै छ । स्नातकोत्तर प्रथम वर्षको परिक्षा साचालन हुने समय दिउँसो १२ःइइ वजेदखि र प्रमाणतत्र तह द्धितिय वर्षको परिक्षा विहान ७ःण्ण् बजे देखि साचालन हुने समय तोकिएको छ यद्धपि स्नातकोत्तर प्रथम वर्षको परिक्षा साचालन समय दिउँसो १ बजे देखि हुने भनेर पत्रिकामा प्रकासित भइको थियो त्यसैल कोही कोही परिक्षार्थीहरु एक बजे पनि परिक्षाहलमा प्रवेश गरेका थिए। उनीहरुलाई परिक्षामा सामेल गराइएको थियो तर परिक्षा संचालन भएको १ घण्टापछि सामेल हुन नपाइने सुचना प्रवेशपत्रकै पछाडी लेखिएको हुन्छ ।
स्नातकोत्तर प्रथम वर्षको २० गते आइतबार भएको ूकक्षाकोठामा मनोविज्ञानू विषयको जाँचमा १ घण्टापछि परिक्षार्थीलाई सामेल गरिएको थियो । १ बजेदेखि परिक्षा संचालन हुने समय पत्रिकामा प्रकासित भएकै कारण सित विद्यार्थीहरु ढिलो परिक्षाहलमा प्रवेश गरेको तिनीहरुलाई परिक्षामा सामेल गराइएको बुझियो । परिक्षा खुल्ला भएको बुझीयो यो कुरा पद्म कन्याको हो ।
महेन्द्रनगरको बहुमुखी क्यामपसबाट स्नातक उत्तिर्ण गरि हाल शिक्षा शास्त्र केन्दिूय विभाग त्रिविमा अध्ययनरत पुष्पा जोशीले नाक खुम्चयाउदै भनिन् ूहाम्रो उता त कति कडा हुन्थ्यो काठमाण्डौँमा कसरी जाँच होला भनेर डराएकी त याँ त एकदम खुल्ला पो हुदोरैछ । ू
त्यस्तै ४० जना परिक्षार्थी भएको कोठामा ३÷४ जना गार्ड हुनुहुन्थ्यो तर पनि नक्कल गर्नेहरु निर्धक्क भएर नक्कल गरिरहेका थिए भन्ने बुझियो । गेशपेपर किताब कापीबाट नक्कल गरिएको बुझियो । त्यस्तो गर्नु विद्यार्थीको नराम्रो बानी भित्र पर्छ भने गार्डहरुको लापरवाहि र कमजोरी पनि यहो ।
सु प क्याम्पस कैलीबाट परिक्षा दिन काठमाण्डौँ आएका जय बहादुरको गुनासो यस्तो छ । ूराजधानीमा कडा जाँच हुनपर्नेमा खुल्ला भयो हामीलाई त केहि फरक पर्देन तर वर्षभरी मेहनत गरेर पढ्ने जो उत्कृष्ट अंकका साथ उत्तर्णि हुन चाहन्छन् ती विद्यार्थीहरुलाई असर पर्न सक्छ त्यसैगरी नक्कल गनै प्रवृति बढ्दै जान्छ कसैले पनि मेहनेत गर्देनन् प्रतिस्पर्धा भन्ने कुरा हराउछू उहाँको गुनासो म पनि सहमत छु प्रतिस्र्धाात्मक यो युगमा नक्कल गरेर पास गर्नु भनेको उन्तति र प्रगतिको बाटो ओरालो लगाउनु बाहेक अरु केहि होइन । त्यस्तै २१ गते प्रमाण पत्र द्धितीय वर्षको स्वास्थ्य र राजनीति शास्त्रको परिक्षा थियो मैले पनि राजनीतिशास्त्रकौ जाँच दिनपर्ने थियो ।
पद्म कन्या केन्द्र परेको थियो परिक्षा सुरु हुनु भन्दा २० मिनेट अगाडी पद्म कन्या प्राङ्गणमा पुगेकि थिए । ६ः५० मा सिट प्लानिङ अनुसार बस्नु घण्टी मार्फत सुचना दिइयो सबै आ-आफ्नो ठाउँमा बसे ।
रत्नद्धिप भवनको दोश्र्रो तल्लाको काठेा नं। ५१ को पहिलो बेन्चमा मेरो सिट परेको थियो । हल्का डर लागिराथ्यो । तर जाँचको तयारी राम्ररी गरेकी थिए मैले । त्यसैले परिक्षा शान्त र कडा भईदिए हुन्थ्यो भन्ने मनमा लागिराथ्यो ।
७ः०० बज्यो प्रश्नपत्र बाँड्न सुरु गरियो ुवेष्ट अफ लकु गार्डको भनाईसँगै प्रश्नपत्र मेरो हातमा पर् यो । सर्र हेरे सजिला प्रश्न लागेर मैले निर्धक्क भएर लेख्न सुरु गरिहाले । मेरो लिकंंं पेपर हो हाल द्यब् प्रथम वर्षमा अध्ययनरत छु । प्राइभेटबाट जाँच दिने मात्र त्यो कोठामा ३ जना गार्ड हुनुहुन्थ्यो । हलमा हल्ला भएको थियो । पछाडी फर्केर हेरेको त कोहि काखमा कोहि बेन्चमा चिट राखेर मज्जाले सार्दै थिए । छ्डके जाँचका लागि एकै चोटि ६ जना शिक्षक आउनु भयो । र प्रत्येक परिक्षार्थीले चिट चोरिहेको पाइयो ।
मेरो बेन्चमा अन्दाजी ४५ वर्षकी परिक्षार्थी परेकी थिएन् । उनले मेरोबाट चोरेर। हैरान पारिन् यति सम्म सताइनकि मैले आफ्नो ठाँउ छोड्न पर् यो । त्यस्तै क्याम्पसमा पढ्दा कक्षाकोठाको आगडी ुमोबाईलको स्विच अफ गर्नुहोलाु भनेर सुचना टाँसिएको हुन्थ्यो । त्यो कोठामा कुनै सुचना थिएन जसको नतिजा कजरारे कजरारे अगरतुम मिलजाओ चिठी आछैन जस्ता गीतका धुनमा रमाउने अवसर पाईएको थियो । व्यङ्ग्य हानेको मात्र हो मोबाईलका त्यस्ता घण्टीले लेख्ने विद्यार्थीलाई कति बाधा पुग्यो होला भनेर सजिलै अुनमान गर्न सकिन्छ ।
८ः१० बजेको थियो । पछाडीबाट सानो बच्चा रोएको आवाज आयो । उमेरले पाका पाका परिक्षार्थी त्यो कोठामा भएका हुनाले कसैको बच्चा होला बिचरा ! भन्ठानेर यसो पछाडी हेरेको त मोबाईल पो बजेको रै छ । सबै गल्ल हाँसे । मैले पनि उनीहरुको हाँसोमा सहभागीता जनाइदिए । एकछिनपछि ूआफ्नो सामानको सुरक्षा आफै गर्नुहोला हैू भनेर पो आदेश आयो गार्डबाट
परिक्षा साचालन भएदेखि समाप्त हुन भन्दा १० मिनेट अगाडीसम्म अचम्म कि्रयाकलाप हेर्न सुन्न र आफै लेख्नमै सिमीत थिए । जब उत्तर पुस्तिका बुझाएर कोठाबाट निस्केपछि भित्र भएका सम्पुर्ण कि्रयाकलापको बारेमा गहिरिएर सोच्न थाले । यसरी हल्ला खल्ला र चिटीङ हुन्छ भने केन्द्र तोकेर निश्चित समय निर्धारण गरेर परिक्षा गर्नको औचित्य के यस्तो छाडा तरिकाले किन जाँच गरियो कुनै केन्द्रमा कडा त कुनै मा खुल्ला किन गरियो जहिले पनि यस्तै होकि यसपाली मात्र यस्तौ भएको नक्कल गरेर पास हुने हो भने प्रतिस्पर्धा कहाँ र कोसित हुन्छ रातदिन मेहनत र लगानी गरेर परिक्षा दिने र नक्कल गरेर पास हुने विद्यार्थी बिच फरक के शिक्षकले पढाउनको मतलब के
त्यसैगरी नियम बिपरित परिक्षा सन्चालन गरिनु जस्तै परिक्षा सुरु भएको जति पछि आए पनि परिक्षामा सामेल गराउनु चिट चोर्न दिनु कक्षा कोठामा मौबाईलको स्विच अफ नगरि बोक्न दिनु आदि कहाँ सम्म उचित कुरा हो
अनुसासित भएर परिक्षादिनको सट्टा मनपरिले परिक्षाहल भित्र जानु नक्कल गर्नु कक्षा कोठामा स्विच अन गर्नुृ के यिनै हुने विद्यार्थीमा हुनु पर्ने गुण नक्कल गरि उत्तिर्ण भएर अगाडी गएर प्रगति गर्न सकिएला त यसरी गरिन्छ प्रतिस्प्रर्धा रु प्रतिस्प्रर्धात्मक युगमा आफ्नो मष्तिष्क नक्कल गर्ने होइन प्रतिस्पर्धी बनाउनस् ।

गीता चन्द
स्नातक प्रथम वर्ष पत्रपत्रिकारिता
नेपाल मानविकी क्याम्पस
नष्तगदबष्तबमष्२थबजयय।यअु



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete