किर्तिपर दर्पण
प्रहरी दाजु लाई पत्र
आदरणीय दाजु गगन दर्शन ढोग !
सर्बप्रथम मेहनत र कडापरिश्रमका बाबजुद असै हुनुभएकोमा हार्दीक बधाईज्ञापन गर्दछु । सहपरिवार यहाँ कुसलै छौं दाजु । हजुरको स्वास्थ्य लागी दाजु हजुरप्रहरी हुनुभएपछि ूछोरा विग्रे पुलीस छोरी विग्रेनस्र भन्नेू भनाइलाई झलझली सम्झदै यो पत्र कोरीरहेकी छु । २०६३ बैसाख १२ गते मोरङ्गको बेलबारी स्थित बेसक्याम्पका ११ जना कर्मचारीले स्थानीय सपनाको बलात्कार पछि हत्या गरेका थिए । गाउँमा श्रीमती सहित ४÷५ छोराछोरीका बुवाभइसकेकाहरु अर्को विहे गरिरहेका छन् । पहिली श्रीमती र छोराछोरीलाई अन्धकारको भुमरीमा घचेटेर अन्यौनमा पारीरहेका छन केहि प्रहरीहरु ।
प्रहरीद्धारा बलात्कार घुसपैठारी चन्दा असुली हत्यािहंसा जस्ता समाचार हाम्रा आँखा सामु ताजा छन् । कुनै कुनै टेलीसृफ्ला चलचीत्र र गाइजात्राका गीतहरुमा प्रहरीलाई सानो बनाउन खोजीएको हुन्छ । कुनै घटना घट्दा प्रहरीलाइै घट्नास्थलमा ढिलो पुगेको देखाइन्छ । यस्ता यस्ता समाचार देख्दा र टेलीभीजनमा दृश्यदेख्दा उल्लीखीत भनाई सत्य पो हो कि भन्ने शंका लागीरहेको छ ।
सबैसँग रगतको नाता नभएपनि नेपाल आमाकी सुपुत्री भएका नाताले हजुरलगाएत नेपालआमाले जन्माएका लाखौं नेपाली प्रहरी सपुत हरुलाई बहिनी बनेर केहि भन्न चाहेकी छु । प्रहरी भनेका राष्टका हुन देश र जनताको र अन्य अपराधको निर्मुल पार्नु पिडीतहरुलाई न्याय दिलाउनु नै प्रहरीको कामकर्तब्य हो । त्यसैले दाजुहरु अनुसासनको दायराधित्र रहेर काम गर्नुहोला असत्यको बाटो सदाकालागी त्यागीदिनुहोला । पैसाको लोभ र लालचमा फसेर कसैको दवावमा आएर कुनै पनि काम नगर्नुलोला । दर्जाबढाउन गर्ने नहुने काम पनि यदाकदा भएको सुन्छु जनताको सेवा गर्नु हजुरहरुको काम हो दर्जा आफै बढ्छ ।
केहि प्रहरीका पशुजन्य ब्यवहार र घृणाीत कार्यले ूछोरा विग्रे पुलीसू भन्ने भनाईमा तेल थपेको छ । प्रहरी पोष्टकै बदनाम भइरहेको छ । प्रहरी पोष्टको बलात्कार भइरहेका छ । त्यसैले ूछोरा विग्रे पुलीसू भन्ने भनाइलाई उल्ट्याउनुहोस् । नेपालमा भइरहेका हत्यािहंसा लुटपाट बलात्कार भ्रष्टाचार चोरीडकैती रोक्नुहोस् देखाई दिनुहोस् आफ्नो पोशाकको शक्ति ।
अन्तमा दुःख कष्ट आँधी तुफान बाढिपहिरो असिना भिडन्तलाई पचाएर पाउनुभएको पोशाक पद र फुलीको बदनाम हुन नदिनुहोस् विद्या बुद्धि परिश्रम साहस इमान्दारीता र निस्पष भएर काम गर्नुहेला विजय हजुरहरुकै हुनेछ । यहि आग्रहका साथ विदा हुन्छ । हजुरी बहिनी !
गीता चन्द
गिरेगडा - बदुरकोट बैतडी
स्नातक प्रथम बर्ष
ग्राहाकहरु मारमा
माघ महिनाको पहिलो दिन अर्थात माघेसक्रान्तीको दिन । पशुपतिनाथको दर्शन गरेर आफ्नो कोठातिर फर्कदै थिए । पुरानो बसपार्कमा एकजना साथीसँगा भेटभयो धेरै पछि भेट भएको हुनाले होटलमा बसेर गफगर्दे नास्ता गर्ने निर्णय गर् यौ र बसपार्कको एउटा होटलभित्र छिर् यौ । होटल मध्यम खालको थियो । मेरो साथीले २ कप कफि अर्डर गर्नुभयो । हाम्रो अगाडी बस्नुभएका २ जनाले २ प्लेट छोलासमोसा अर्डर गर्नुभयो । उहाहरु विद्यार्थी हुनुहुन्थ्यो सायद यद्यपि उहाँ र हामीविच कुनै चिनाजान थिएन । हामीहरुको टेवलमा कफि उहाँहरुको टेवलमा छोला समौसा साथै टिक्की दुधमलाई मिठाई आदीइत्यादी राखेर जानुभयो वेटर उहाँहरु अचम्म पर्नुभयो किनकी उहाँहरुले अर्डर गर्नु भएको छोलासमोसा मात्रै थियो । टेवलमा ल्याइसकेपछि फर्काउनु जस्तो पनि भएनु मेनु हेरेर १ प्लेटलाई १८ पर्ने छोलासमोसा अर्डर गर्नुभएको हुनाले उहाँहरु एक आपसमा हास्दै खान थाल्नु भयो । छोलासमोसा माथी धेरै चिज राखेर वेटरले ल्याउनु भएको देख्दा मलाई अचम्म लाग्यो । हामी पनि कफिको पैसा तिर्दै वहिर निस्क्यौं ति विद्यार्थीहरुले ३६ तिर्नुभयो तर विल ९४ रुपैया आएको रहेछ । यो कुरा थाहापाएपछि विचरा ति विद्यार्थीहरु मुखामुख गर्न थाले । दुईटैको मिलाएर जम्माजम्मी ९० रु भयो र ९० रु तिरेर उहाँहरु आफ्नो बाटो लाग्नु भयो । त्यो दिनभरि रातभरी ति विद्यार्थीहरुबारेमा सोच्नमात्रै सिमीत रहे म । सोचें ति विचराहरुले गाडी चढेर जानुपर्ने थियो होला पैसाजति त त्यो होटलमै तिरेर जानुभयो गाडीभाडा कहाँबाट तिरेहोलान इत्यादी इत्यादी यो घट्नाले मेरो दिनको आराम र रातको निन्द्रा नै खोसेको थियो । मैले काठमाण्डौका केहि होटल चियोचर्चा गर्ने निर्णय गरें । भोटाहिटीका केहि पसलमा मेनुमा एक किसमको मुल्य लेखीएको भेट्टाए भने तिर्ने बेला बढि तिनुपर्ने समस्या भेट्टाए । रत्नपार्कमा रहेका होटलहरुको स्थितिपनि भोटाहिटी भन्दा फरक छैन यद्यपि असनका होटलहरुमा मेनुअनुसार खाजाखाना दिने र पैसा लिने नियम रहेछ । बानेश्वरका केहि होटलहरुमा तरकारी रोटी माग्दा जेरी पनि दिनुहुन्छ । म मान्छु कि जेरी कम्विनेसन गरेको हुनसक्छ तर न्यून बर्गीय रोटीतरकारी मात्र खान चाहन्छ । उसीत वढि पैसा छैन भने किन जेरी पनि राख्नु पर् यो
यसमा मेरो भन्नु के छ भने मेनुअनुसार ग्राहकले अर्डर गर्छ भने किन त्यसमा थपीथपी अरु कुरा दिनुपर् यो भेनुमा एककिसमको मुल्यतोकीएको छ भने किन मुखले वढि पैसा माग्नुपर् यो यदि मुखैले पैसा भाग्ने र मनपरिले खानेकुरा दिने हो भने भेनुको के काम मेनु पुरानो भएको हो भने परिवर्तन किन नगरीएको
होटल ब्यवसाथीहरुले ग्राहाकहरुलाई मर्कामा पार्ने काम होइन यो ग्राहक आफ्नो आर्थीक अवस्थ्ाा अनुसारकै होटलमा जान्छ र त्यही अनुरुप खानेकुरा खानचाहन्छ होटल यवसायी अधिकार प्राप्तीको लागी सरकारसँग ड्नुभन्दा पहिले कर्तब्य पालना गर्नभए ुकसो होला
चन्द गीता
Saturday, May 9, 2009
Subscribe to:
Post Comments (Atom)

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
ReplyDeleteतुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन